स्वेदशमै रोजगारी माग्दै युवा भोक हड्तालमा
काठमाडौं । काठमाडौंको खुलामञ्चमा औद्योगिक ब्यापार मेलाको तयारी भइरहँदा युवाहरु भने रोजगारीको माग गर्दै आमरण अनसनमा छन् ।
स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा पाँचदिनदेखि आमरण अनसनमा बसेका यूवाहरुको माग सम्बोधन गर्न सरकारलाई चौतर्फी दवाव बढेको छ ।
विभीन्न राजनीतिक दल, भ्रातृ संगठन, संघसंस्था तथा प्रवुद्ध व्यक्तिहरुले यूवाहरुका जायज माग यथाशिघ्र पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् । देशका सम्पूर्ण यूवाको हितका लागि उठाएका मागहरु भएकोले सम्बोधन गरेर अनसन बसेका अनसनरत यूवाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्न माग गरेका छन् ।
योग्यता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनपर्ने, वेराजगार भत्ताको व्यवस्था गर्नपर्ने लगायतका माग राखेर १२ जना यूवाहरु बुधबारदेखि काठमाण्डौको खुलामञ्चमा आमरण अनसनमा छन् ।
अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल छन् । उनीहरु त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत हुन् ।
पाँचदिनसम्म विभीन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनसनप्रति ऐक्यवद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनसनप्रति कुनै सुनुवाई नगरेको अभियन्ता ज्ञानेन्द्र अधिकारीले बताए ।



