सिसि क्यमेराको आधारमा मोटरसाईकल चोरीमा संलग्न गिरोह पक्राउ (भिडियो सहित)
बेलबारी । मोटरसाईकल चोरीमा संलग्न एक गिरोहलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ शनिबार राति पक्राउ गरेको छ । मोरङको डाँगीहाट ९ का दुईजना युवालाई आफनै घरमा वसिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बेलबारीका मोतिराम चौधरीका छोरा २० बर्षीय सुरज चौधरी तथा सोहि गाविसका हल्नी चौधरीको ज्वाई बर्ष २८ को सुरज चौधरीलाई सिसि क्यमेराको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माघ ९ गते सुनसरीको इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडी बाट हराएको बाईक चोरीमा संलग्न उनीहरुलाई घरमै लुकी छिपि बसेको अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख मेघराज थापाले बताए । को २२ प ५२२ नम्बरको बाईकमा अर्को नम्बर राखेर उनीहरुले कुदाउने गरेको समेत थापाले बताए । सभार : पुर्बेली



