माईधारमा बस दुर्घटना हुँदा १ को मृत्‍यु र १२ घाइते



गौरीगन्ज । झापाको विर्तामोड–दमक सडकखण्ड माईधारमा बसले मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा बस पलटन गै उपचारको क्रममा बिर्तामोड बि एण्ड सि अस्पतालमा दु:खद निधन हुनु भएका गौरिगन्ज ५ निवासी जनता प्रा बि चिलारा खजुरगाछिका कुसल शिक्षक बर्ष ५० का घनश्याम राजबंशीको निधन भएको छ । साथै उक्त बस पलटदा घाइते हुनु भएका १२ जना को नामावली यसप्रकार रहेको छ । भारत दार्जीलिङका सुमित्रा गुरुङ, राजु क्षेत्री, नरमाया चुँडाल, तारादेवी चुडाल, इटहरीकी सजना तामाङ, झापा खुदुनावारीका विजय गौतम, विर्तामोडकी दीपिका खरेल, मोरङ बेलबारीका कृष्ण गुरुङ, झापा गौरादहका तिलक थापा र गौरीगन्जका नीलम पौडेल छन

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |