आभा मुकारुङ्गको आमाको मुख हेर्ने दिनको अवसरमा "आमा" बोलको गीत सर्वजनिक


लोकप्रिय गायिका आभा मुकारुङ्गले माता तिर्थ अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा आफ्नो नयाँ गीत आमा बोलको गीतको म्युजिक भिडियो आफ्नै युटुब च्यानल आभा मुकारुङ्ग मार्फत सर्वजनिक गरेकी छिन ।

यस गीतलाई गायिका स्वयंको आमा नर देवी राईले कोर्नु भएको छ् भने संगीत गायिका स्वयंले भर्नु भएको छ ।

यस गीतको म्युजिक भिडियोमा गायिका स्वयंको अभिनयमा युवा, ॠषिम र अभियानताले साथ दिनु भएको छ् । आमाले छोराछोरीलाई दिने माया, ममता अनी आमाको त्याग र तपस्याका बारेमा मर्मस्पर्शी शब्दहरुले कोरिएको छ् । यस गीतको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका छन भने ज्ञानेन्द्र शर्माले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छ्न ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |