पेट्रोल खानी उत्खनन् गर्न चिनियाँ टोली मोरङ

मोरङ | मोरङको बाहुनी स्थित राधानगरमा रहेको पेट्रोल उत्खनन्को अन्वेषण गर्न चिनिया टोली आई पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे मंगलबार राधानगर पुगेर स्थानीयलाई चिनिया सरकारी टोलीसँग परिचय गराएका छन् । चाङको नेतृत्वमा रहेको टोलीले सुनसरीको चतरामा तेलको सम्भाव्यता अध्यय्नपछि राधानगरमा काम थाल्नेछ । मंगलबार मन्त्री पाण्डेसहित खानी तथा भूगर्भ विभागको प्रतिनिमिण्डल पनि राधानगर पुगेको थियो ।

मन्त्री पाण्डेले सरकारले पेट्रोल तथा ग्यासको उत्खनन् गर्ने उद्देश्य स्वरुप काम थालेको बताउँदै भने,‘यसका लागि चीन सरकार र नेपाल सरकारबीच सम्झौता भई काम थालनि भएको हो ।’ राधानगरसहित देशका दश स्थानमा अन्वेषण गरेर उत्पादनको काम तीन महिनाभित्र सबै प्रक्रिया थाल्ने लक्ष्य रहेको मन्त्री पाण्डेले बताए । राधानगरमा पच्चीस वर्षअघि नर्वेको टोलीले जमिनमा प्वाल पारेर उत्खनन्को काम थालेको थियो । त्यो टोलीले ३ हजार ५ सय मिटर गहिरो प्वाल पारेर पेट्रोलियम अन्वेषण गरेको थियो । तर, पछि त्यो टोली फकिएपछि राधानगरमा फेरि सरकारी टोली पुगेका थिएनन् । पच्चीस वर्षपछि चिनिया टोलीसहित सरकार मन्त्री पुगेर फेरि काम थाल्ने आश्वासन दिएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय रुद्र बस्नेतले भने,‘हाम्रै ठाउँमा पेट्रोल भेटिए हामीले विदेशीसँग भर पर्नु पर्ने थिएन् ।’ उनले अन्वेषणको काम चाँडै पूरा गर्न आग्रह गरेको बताए । मंगलबार मन्त्री पाण्डेसहितको प्रतिनिधिमण्डल राधानगर पुग्दा ठूलो समूहले स्वागत गरेको थियो । झाँकीसहित स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयम रायले पनि पेट्रोल भेटिए सबैका लागि खुसीको कुरा हुने बताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |