२५ हजारका लागी आफ्नै साथीको घाँटी रेटी हत्या (भिडियाे सहित)
नवलपरासी । नवलपरासीको दुक्मिवासमा गत बैशाख १५ गते २० बर्षिय भारतीय नागरिक ब्रिजमोहन गुप्ताको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । २५ हजार रुपैयाको लागि आफ्नै साथीको घाटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै कोठामा वस्ने २ जना साथीले घाटी थिचेर मारेपछी चक्कुले घाटी काटेर जंगलमा फाल्ने भारत मोतिहारीका सुरेन्द्र कुमार शाह र मुसाफिर खान लाई प्रक्राउ गरी सार्वजनिक गरीएको हो ।
कसरी भएको थियो हत्या ?
उनीहरुले कवाडी उठाउने काम गर्दै आएको र एक दिन काम गर्दा प्राप्त भएको रकमको विषयमा विवाद भएपछी चक्कुले टाउको काटेर जंगलमा टाउको फालेको र लास लाई दुम्किवास जंगलको कल्भटमा फ्याकेको अवस्थामा लास फेला परेको थियो ।
घटना कसले गरेको हो भन्ने कसैलाई थाहा नहोस् भनेर लास र टाउको छुट्टाछुट्टै स्थानमा फालिएको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान लाई तिव्रता दिएर हत्यामा सम्लग्न लाई दुम्किवास वाटै पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपि विक्रम थापाले जानकारी दिनुभयो ।



