‘सैनिक श्रीमती संघ’ले नदिए पनि रेखाले भूकम्प पीडितलाई दिइन एक लाख

बलिउडबाट दुई अभिनेत्री भित्र्याएर राजधानीमा सम्पन्न कन्सर्ट ‘अमरपंक्षी’ आयोजक सैनिक श्रीमती संघले भूकम्प पीडितलाई सहयोग गर्ने प्रचार गरेको थियो तर, कन्सर्ट सकिएपछि संघले सार्वजनिक गरेको विज्ञप्तीमा भूकम्पपीडितलाई सहयोग गर्ने कुरा कतै उल्लेख छैन।

संघको यस्तो विज्ञप्तीपछि कन्सर्टमा प्रस्तुति दिएका नेपाली अभिनेत्रीहरुले असन्तुष्टी व्यक्त गरेका छन्। संघले झुक्याए पनि कन्सर्टमा प्रस्तुति दिएकामध्येकी एक अभिनेत्री रेखा थापाले भने भूकम्पपीडितको सहयोगका लागि हात बढाएकी छिन्। धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा बनाइरहेको नमुना एकिकृत बस्तीका लागि उनले रु. एक लाख सहयोग गरेकी हुन्।

शुक्रबार धुर्मुससुन्तलीको कार्यलयमै पुगेर रेखाले चेक हस्तान्तरण गरिन्। आफ्ना फ्यानहरुले धुर्मुससुन्तलीलाई सहयोग गर्न बारम्बार झक्झक्याइरहेको उनले बताइन्।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |