अनमोल केसी निर्माता रहेको चलचित्रको शिर्ष गीत सर्वजनिक
लोकप्रिय युवा स्टार अनमोल केसीकी आमा सुस्मिता केसीको निर्माण तथा अनमोल क्रियशनको व्यानरमा बनेको चलचित्र 'म त तिम्रै हुँ' को शिर्ष गीत सर्वजनिक गरिएको छ ।
गीतमा आकाश श्रेष्ठ र ज्योत्सना योगीलाई फिचरिङ् गरिएको छ । गीतमा हर्कुलस बस्नेतको शब्द-संगीत तथा उनीसँगै निकिता थापाको स्वर छ । कृष्ण आचार्यको पटकथा रहेको यस चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।
चलचित्रलाई श्रावण ७ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको छ । चलचित्रमा आकाश श्रेष्ठ र ज्योतश्ना योगी लिड रोलमा छन् भने, अनमोल केसी पनि चलचित्रका निर्माता हुन् ।



