बलिउड | नायिका विपाशा बसु र अभिनेता करण सिंह ग्रोबर विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु शनिबार एक नीजि विवाह समारोहमा विवाह बन्धनमा बाँधिएका हुन् ।विपाशाले परम्परागत सेतो बंगाली मुकुट पनि पहिरिएकी थिइन । विपाशा र करणले पञ्जाबी र बंगाली रीतिअनुसार विवाह गरेका हुन् । विवाहको समयमा रातो पहिरनमा ३७ वर्षीय विपाशा निकै सुन्दर देखिएकी थिइन ।