‘ठेकेदार भागेपछि’ झापा कन्काई पुल अलपत्र
झापा | हुलाकी राजमार्गमा निर्माण हुँदै गरेका आरसीसी पुलमध्येको सबैभन्दा ठूलो योजना ठेकेदार कम्पनीको लापरबाहीका कारण ठप्प भएको छ। झापाको माहाभारास्थित निर्माणाधीन पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण एक वर्षदेखि अलपत्र भएको स्थानीयले बताएका छन्। यो पुल हुलाकी राजमार्गमा पर्ने निर्माणाधीन पुलमध्येको सबैभन्दा धेरै लागतको हो।
झापाको कन्काई नदीमा निर्माण हुँदै गरेको पुल मात्र होइन, सप्तरीको बलान नदीमा निर्माण हुँदै गरेका पुल पनि एक वर्षदेखि अलपत्र छ। सिराहा र धनुषाको सिमानामा पर्ने कमला र रौतहट सर्लाहीको सिमाना छुट्याउने बाग्मती नदीको आरसीसी पुल पनि छ महिनादेखि ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको छ। यी चारवटै नदीमा निर्माण हुने पुलको ठेक्का पर्साको वीरगञ्जस्थित पप्पु महादेव जेभियर्सले लिएको हो।
झापाको माहाभारा र कुमरखोद गाविसमा पर्ने कन्काई नदीको पुल ०६८ जेठमा निर्माण सुरु भएको थियो। ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र सो पुल निर्माण सुरु भएको झापा निर्वाचन क्षेत्र नम्बर ६ का सांसद दीपक कार्कीले बताए। ३० करोड ४० लाख ९० हजार रुपैयाँको लागतमा निर्माण हुने सो पुल पप्पु महादेव जेभियर्सले ०७२ जेठ ३० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ।
निर्माण कम्पनीका सञ्चालक हरिनारायण रौनियारले ठेक्काको करिब २४ प्रतिशत बढी रकम बुझेर लगिसकेका छन्। ठेकदार रौनियारले ७ करोड ५० लाख रुपैयाँ बुझेर लगिसकेको हुलाकी सडक योजना कार्यलय इटहरीले सेतोपाटीलाई बताएको छ। ‘सुरुमा काम धमाधम भएको थियो,’ स्थानीयसमेत रहेका सो आयोजनाका चौकीदार खेमकुमार श्रेष्ठले भने, ‘एक वर्षदेखि कन्काई नदीको पुल निर्माण रोकेर ठेकेदार नै बेखबर छन्।’ उनका अुनसार सो आयोजनामा कार्यरत करिब १७ मजदुरले पनि छ महिनाको पारिश्रमिक पाएका छैनन्। ‘पारिश्रमिकका लागि पटक–पटक फोन सम्पर्क गर्दा ठेकेदार रौनियारले फोन उठाउँदैनन्,’ श्रेष्ठले भने, ‘छ महिनाको पारिश्रमिक नपाउँदा घरमा केटाकेटीको बिचल्ली भएको छ।’ कन्काई नदीमा निर्माण हुने सो पुल मुलुकको दोस्रो लामो पुल हो। यसअघि कर्णाली नदीको १ हजार १५ मिटर लम्बाई भएको आरसीसी पुल बनेपछि कन्काई नदीको यो पुल दोस्रो लामो पुल बन्ने निर्माणाधीन आयोजनाका प्रोजेक्ट इन्चार्जसमेत रहेका इन्जिनियर रामदेव साहले बताए। ७ सय २४ मिटर लम्बाई भएकोे यो पुलमा २० वटा पिलर निर्माण भइसकेका छन्। इन्जिनियर साहका अनुसार पुलको करिब १९ प्रतिशतमात्र काम सम्पन्न भएर एक वर्षदेखि निर्माण प्रक्रिया नै रोकिएको छ।
स्थानीयले पुल निर्माण रोकिनुलाई सरकारकै लापरबाही भनेर प्रतिक्रिया दिएका छन्। करोडौं रुपैयाँको योजनामा सरकारले अनुगमन नगर्दा ठेकेदारको मनोपोली भएको स्थानीय बताउँछन्। स्थानीय रामप्रसाद साह भन्छन्, ‘झापा निर्वाचन क्षेत्र नम्बर ५ र ६ का सांसद केसवकुमार बुढाथोकी र दीपक कार्की यसका मुख्य हुन्,’ कारण खुलाउँदै उनले सेतोपाटीलाई भने, ‘झापा ५ नम्बर क्षेत्रका सांसद बुढाथोकी र ६ नम्बरका कार्कीले आफ्नै निर्वाचन क्षेत्रमा ३० करोडको योजना सञ्चालन हुँदा पनि एकपटक पनि अनुगमन गरेका छैनन्।’ स्थानीयको आरोप खेप्दै सांसद कार्कीले आफूले कन्काई नदीको निर्माणाधीन पुलका बारेमा सदनमा पटक–पटक कुरा उठाएको बताए। ठेकेदारको ढिलासुस्तीले लाखौं जनताले दुःख पाएको बताउँदै कार्कीले पैसा कुप्ल्याएर काम नगर्ने ठेकदार र कप्पनीलाई सरकारले कारबाही गर्नुपर्ने बताए। -रासस