सडक दुर्घटनामा निधन एमाले नेता ओलीको



नेपालगञ्ज । नेकपा एमाले बाँकेका जिल्लास्तरीय नेता भेदलाल वलीको सडक दुर्घटनामा परी मोटरसाइकल दुर्घटनामा निधन भएको छ। बाँके, खासकुश्मा–२ कुसुम निवासी उनी पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार बेलुका करिव ८ बजे मोटरसाइकल दुर्घटनामा परेका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोकी राखेको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका अन्दाजी ५३ वर्षीय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्ट मार्टमका लागि मंगलबार बिहान भेरी अञ्चल अस्पताल नेपालगन्जमा पठाइएको प्रहरीले जनाएको छ।

मृतक ओली खासकुश्मा गाविसका पूर्व अध्यक्ष तथा एमाले बाँकेका जिल्ला कार्यसमिति सदस्य हुन्। राजनीतिसँगै समाज सेवामा सक्रिय रहेका ओलीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताएका छन् । नेता ओलीको निधनले खासकुश्मा गाउँ पुरै शोकमा डुबेको छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |