रेमिट्यान्सको ओझेलमा मानसिक रोगी
रजनी ढुंगाना-मैले काम गर्ने ठाउँमा सरसफाइका कामका लागि एक हप्ता अघि जनकपुर तिरका एक मधेसी भाइ आएका थिए। माइती देशका हुनाले मेरो विशेष सद्भाव थियोउनि प्रती ।धेरै कम बोल्ने अनि कता कता क्षीतिजमा टोलाउने ती भाइलाई धेरैले मन पराएनन,नाटक गर्ने, कामचोर भनेर अनेक लान्छना लगाए।मैले उनलाई सम्झाउने प्रयास गरे ।सप्लाई कम्पनिमा।थोरै तलबमा सोर्ह घण्टे कामका लागि एक लाख तीस हजार बुझाएर खाडी होमिएका तिनको कुराले मलाई नमिठो अनुभुती भयो।
सुरुमा मलाई लागेको थियो तिनी घरको न्यास्रोले पिरोलिएका होलान् ।सुरुवाती दिनमा हर परदेशीले महसुस गर्ने नौलोपनको अनुभुती होला। तर उनि संग बोल्दै जादा मलाई महसुस भयो।उनी मानसिक बिरामी रहेछन। भुतप्रेतका कुरा गर्ने ।बोक्सीले रातभर सुत्न नदिएका जस्ता कपोलकल्पित कुरा गर्ने।ती भाईका क्रियाकलाप सामान्य मानिसको भन्दा पृथक थियो।
बिस्तारै तिनले साधारण काम पनि गर्न छोडे ।कमजोरी भए ,खाना रुचेन, जिउ काम्यो भनेर एउटा कुनामा झोक्राएर बस्न थाले।
अनि म नेपाल जान्छु भनी एकोहोरो ढिपी गर्न थाले ।मैले हर प्रयत्नले सम्झाए मेरो केही लागेन।देखिने र महसुस हुने रोगमा समेत अनेक प्रयत्न पछि मात्र बिरामी बिदा पाइने यो खाडीमा तिनी मानसिक बिरामी हुन भनेर कस्ले बुझ्ने।अनि घर फर्किने बाटो त तिनले सोचेजस्तो सजिलो पक्कै थिएन ।अन्त्यमा कामचोर नै हुन भनेर निक्यौल निकालेर तिनिलाई अन्तै अझै गार्हो काम भएको ठाउमा सरुवा गरियो। नेपाली समाजमा अलि बरालिएर हिडे ।दुर्ब्यशनमा लागे अथवा फरक चालचलन देखाउन थाले बेइज्जती को डरलेकि बिहे गरिदिने नभए बिदेश पठाइदिने चलन बढेको छ। तर दुर्ब्यशनी अनि मानसिक संतुलन सहि नभएकाहरु बिदेशीदा उक्त कुराले ल्याउने परिणाम अत्यन्त घातक सिद्ध हुने गरेको छ। वैदेशिक रोजगारी अधिकतम नेपालीको गाँस बाँस जुटाउने मेलो हो।देशको दुर्गति यहि अवस्थामा रहने हो भने अबका कैयौ बर्ष सम्म पनि बिदेश जानेको ताती रोकिने छाटकाट छैन। कसैले पानीजहाज कुदाउने अनि रेल दौडाउने सस्ता सपना बाढ्दैमा रातारात रोजगारी शृजना हुने पनि होइन।अनि देशमा रोजगारीको संभावना नभए सम्म दैनिक रुपमा दक्ष अनि अदक्ष सबै खालका यूवाहरु बिदेशीन बाध्य भैरहने छन। वैदेशिक रोजगारीमा जानका लागि पनि थुप्रै प्राबधानहरु छन।सम्बन्धित राष्टले तोकेका प्रक्रियाहरु छन।कमैले मात्र ती प्रक्रियालाई कार्वान्यन गरेका पाइन्छ ।तर प्रायजसोले हर कुरालाई सेटिङमा मिलाएरहचुवाको भरमा कामदार पठाउने गर्दछन। स्वास्थ जाँच जस्तो अति संबेदनसिल कुरामा पनि हेल्चेक्र्याई गरिन्छ।कतिपय स्वास्थ जाचमा असफल भएकाहरु पनी वैदेशिक रोजगारदाताको सेटिङ मा पास भएर जबर्जस्ति बिदेशीने गर्दछन।हतार हतारमा सबै प्रक्रिया पूरा गरेर कमिसन पचाउने उक्त खेलमा मानसिक स्वास्थ प्रती कसैको ध्यान जादैन।परदेशको सुरुवाती दिनहरुमा हरकोही लाई घरको न्यास्रोले सताउछ नया परिवेशको नौलोपनले हरकोही लाई भाबुक बनाउछ।तर समयको अन्तराल संगै ती सब कम हुँदै जान्छन।तर मानिस मानसिक रुपमा कमजोर छ भने नौलो र ब्यस्त परिवेशले अझ दुखी बन्दै जान्छ। सम्झाउने ढाडस दिने आफन्त साथमा नहुदा आत्महत्या समेत गर्न पुग्छन। अर्थतन्त्र को दरिलो माध्यम बनेको रेमिट्यान्स को यो दुखद पाटोलाई कसैले ध्यान दिएका देखिन्न ।बिदेशी भुमिमा आत्महत्या गर्नेहरुको समाचार एक दुई दिन मुख्य पृष्ठमा छापिन्छ अनि बिस्तारै सबैले बिर्सन्छन।मानसिक स्वास्थ ठिक भए नभएको पत्ता लागाउन खासै कुनै उपकरणको आवश्यकता पर्दैन।मनोरोग बिसेसज्ञ वा मनोबिज्ञान सम्बन्धि कोर्स पूरा गरेकाले उक्त रोगी संग केहिबेर कुरा गर्ने बित्तिकै पत्ता लगाउन सक्छन।शारीरिक स्वास्थ जाँच संगै साधारण मानसिक जाँच लाई पनि प्राथमिकता मा राखी वैदेशिक रोजगारीमा कामदार पठाए आत्महत्या का घटना केही कम हुने कुरामा कुनै दुईमत छैन। रेमिट्यान्स को मिठासमा भुलेकाहरुले यो तितो यथार्थ लाई बुझ्ने कहीले ?




