कुवेतमा हराएका बोध बहादुर भेटिए

कुवेत । श्रीमान कुवेतबाट फर्केनन्, म कहाँ जाउँ ? भन्ने शिर्षक र उनको परिवारको फोटो अनी भिडियो सहित समाचार प्रकाशित गरिएको नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवाका बोध बहादुर महतो कुवेतमा भेटिएका छन । भिडियो प्रसारण भएको १५ मिनेट जतिमै उनी बस्ने र काम गर्ने अनी उनको संपर्क नं स्तम्भकारलाई प्राप्त भई खोज तलास हुँदा उनी कुवेतको मंगफमा रहेको पत्ता लागेको हो।

करिब एक हप्ता लगाएर उनलाई स्तम्भकारले भेट्न र सकेसम्म दुताबासमा लगेर परिवार संग कुरा गराउने प्रयास बिफल भएता पनि उनी कुवेतमै सुरक्षित रही काम गरिरहेको तथा स्तम्भकार संग पटक पटक कुरा भएको छ।

कुवेतमा सुरज नामले परिचित बोध बहादुरले आफु परिवारसंग टाढा हुनुको कारण नखुलाए पनि आफु लामो समय देखी अबैधानिक भएको र लुकी छिपी कुवेतमै काम गरिरहेको स्विकारे।उनले कुवेतमै विवाह गरेको तथा उनी संग करिब ३ बर्षकी एक छोरी रहेको पनि स्विकारेका छन।उनी मात्र नभएर उनको श्रीमती र छोरी पनि अबैधानिक भएकाले उनको सुरक्षालाई मध्यानजर गर्दै उनको कुवेतको श्रीमती र छोरी संगको फोटो हामीले सम्प्रेशण गरेका छैनौ।

अब १-२ बर्षमा नेपाल फर्कने बताउदै उनले स्तम्भकारलाई परिवारको संपर्कमा रहने बताए।उनले भने," आफुले सके जती कमाउछु अनी छिट्टै नेपाल फर्कन्छु।"

बोधबहादुरको बारेमा जानकारी दिदै उनको खोजीको लागि सहयोग गर्नु हुने प्रती हामी आभारी छौ । -नेपाल कुवेत

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |