चलचित्र "प्रेम गीत" यु टूबमा


नेपाली कथानक चलचित्र “प्रेम गीत" यु टूबमा अनलाईन हेर्न सक्नुहुने छ ।

प्रर्दशन अगावै गीत सङ्गीतवाट चर्चा कमाएको प्रस्तुत चलचित्र अधिकांश हास्य व्यंग्गात्मक एवं मनोरन्जात्मक रहेको छ । युवा निर्देशक सुर्दशन थापा द्धारा निर्देशित यो चलचित्र मूलत युवा पिडिलाई लक्षित गरी बनाइएको हो । निर्देशक थापाले यस अघि “मेरो एउटा साथी छ” मा पनि निर्देशन गरिसकेका छन् । प्रेम गीतको छांयाङ्कन जोमसोम, कागवेनी लगायत अन्य मनोरम ठाउँमा गरिएको प्रेम गीत यूनिटले बताएको छ । अर्जुन पोखरेलको सङ्गीत रहेको यस चलचित्रका गीतहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतले स्वर दिएका छन् ।

चलचित्रका मुख्य पात्रहरुका रूपमा प्रदिप खड्का, पूजा शर्मा, सरोज खनाल, लक्ष्मी गिरी लगायत पुराना कलाकार रुपा राणा समेतको अभिनय रहेको छ । निर्माण पक्षका अनुसार प्रस्तुत चलचित्र हाल नेपालमा बनेको चलचित्रहरु मध्ये दोस्रो मँहगो चलचित्र हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |