२४ घन्टाभित्र पासपोर्ट, १५ हजारमा
काठमाडौं | सरकारले माग गरेको एक दिनमै पासपोर्ट दिने निर्णय गर्दै त्यसवापत लाग्ने शुल्क निर्धारण गरेको छ ।
मन्त्रिपरिषद्को विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निवेदन दिएको २४ घण्टाभित्र पासपोर्ट दिने र त्यसवापत १५ हजार रुपैयाँ लिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले माग गरेको दुई दिनभित्र पासपोर्ट लिनेसँग १२ हजार तथा ३ दिनभित्र पासपोर्ट लिनेसँग १० हजार रूपैयाँ लिने निर्णय गरेको छ। यसअघि माग गरेको एक साताभन्दा अगाडि पासपोर्ट दिने व्यवस्था थिएन।
एक सातामा पासपोर्ट लिन १० हजार रूपैयाँ बुझाउनुपर्ने व्यवस्था थियो। मन्त्रिपरिषद्ले १० वर्षभन्दा कम उमेरका बालबालिकाको पासपोर्ट बनाउँदा भने माथि उल्लेखित शुल्कमा आधा छुट दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।



