खाँडोको बाढी सकरपुरा पस्दा, सयौ घरहरु डुवानमा
राजविराज | अविरल बर्षाका कारण खाँडो नदीमा आएको बाढीले सप्तरीको दक्षिणमा पर्ने सकपुरा गाविसको वडा नम्बर ६ र ७ का १२५ बढी घर डुवानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी कार्यालय सप्तरीले गराएको जानकारी अनुसार सकरपुरा गाविस–६ स्थित बाँध कटान गरेर बाढी गाउँ तिर पसेको हो। बाँधसँगै उक्त स्थानमा रहेको झण्डै ५ विघा जति खेती योग्य जमिनसमेत नदीले कटान गरेको छ ।
बाढीको पानी हाल गाउँ छिरेको र गाउँका झण्डै १ सय २५ जति घरमा २ फिटसम्म पानी रहेको छ । बाढीले तिलाठी–हनुमाननगर सडक २ किलोमिटर कटान गरेको समाचार आजको नागरिकमा प्रकाशित छ।
बाढीबाट राहत तथा उद्दार र बाँध मर्मतका कार्यका लागि हाल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षको कमाण्डमा १५ जना, तिलाठी प्रहरी चौकीबाट प्रहरी हबलदारको कमाण्डमा ५ जना तथा तिलाठीस्थित बोर्डर आउट पोष्टवाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली घटना स्थलमा खटाइएको छ ।



