अबिरल वर्षाका कारण विराटनगर डुबानमा

विराटनगर । बिहान ५ः३० बजेदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनाैँ घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ भने सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको र बसपार्क डुबानमा परेका छन् । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन आँट गरिरहेका छैन् ।

लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ साथै आज बिहानदेखि कुनैपनि विमान अवतरण भएको छैन ।

निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ । बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ ।

यी दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |