आज असार १५ धान दिवस
गौरीगन्ज | आज असार १५ धान दिवस तथा रोपाईं महोत्सव । नेपालीहरुका लागि असार १५ एउटा पर्व सरह नै हुन्छ । यसपाली मनसुनी वर्षा दिनहुँ वर्षन थालेकोले खेतका गराहरुमा पानी मनग्गे पुगेको छ । देसभरी रोपाइँको चटारो छ ।
मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिइने यो मनसुन यामको महत्वपूर्ण दिन मानिने आज धान रोप्नका लागि उपयुक्त मौसम सुरु भएको मानिन्छ । आजको दिन दही चिउरा खाँदै खेतमा गएर रमाइलो गर्दै मुलुकभर असार १५ मनाउने गरिन्छ । आजका दिनमा रोपाइँ गरी दहि र चिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वास रहेको छ ।
यहि मेसोमा नेपाली चलचित्रका २ चर्चित कलाकारले पनि हिलोमा बाउसे गर्दै रोपाइँ गरेका छन् ।
नायिका प्रियंका कार्कीले हातमा धानको वीउ लिएर रोपाइँ गर्दै गर्दा अर्का कलाकार दीपकराज गिरीले भने बाउसेको काम गरे ।