गायिका सृजना खत्री (हाउडेमाया) को शिरमा सिन्दूर गीत सार्बजनिक
गौरीगन्ज | गायिका सृजना खत्री (हाउडेमाया) ले हाउडे मायाको सफलता पछि, शिरमा सिन्दूर बोलको गीत सार्बजनिक गरेकी छिन। उनले यस भन्दा अगाडि हाउडेमाया सार्बजनिक भै सकेको छ। अहिले शिरमा सिन्दूरले केही सफलता मिल्छ की भन्ने आसा राखेकी छीन।
यस गीतको म्युजिक भिडियोमा रक्षा श्रेष्ठ ,नबिन लम्साल र बिदुर प्रसाई ले अभिनय गरेका छन भने शब्द, संगीत र स्वर सृजना खत्रीको आफ्नै रहेको छ। एक्सन फिल्मस प्रा लि को प्रस्तुति रहेको भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको भिडियो भने कपूरी क पिक्चर्स ले निर्माण गरेको हो ।
उक्त भिडियो एक्सन फिल्मसले आफनै यूटूब मार्फत सार्बजनिक गरेको छ। यसबाट केही सफलता मिल्ने बितिकै अर्को एल्बम को तयारीमा रहेको र छिट्टै फेरी अर्को गीत श्रोता समक्ष ल्याउने गायिका खत्री बताउछिन।



