राजवंशी राष्ट्रिय महिला सन्जालको सहकार्यमा, जनचेतना मुलक सडक नाटक प्रर्दशनी
आज कोरोबारी गाबिसमा खानेपानी डिभिजन कार्यलयको अगुबाइमा राजवंशी राष्ट्रिय महिला सन्जाल झापाको सहकार्यमा १७ औ राष्ट्रिय सरसफाई सप्ताह जनचेतना मुलक सडक नाटक प्रर्दशनी भएको थियो ।
यस कार्यक्रमको प्रमुख अतिथी सोही गा बि स सचिब दिपेन्द्र ओझा, अतिथीहरुमा प्रहरी कार्यलय कोरोबारी का प्र नि रहनु भएको थियो । सो कार्यक्रममा स्थानिय कोरोबारीबासीहरुको उल्लेखनीय सहभागी रहेको कुरा शिक्षक यदब रिमालले बताउनु भयो । कार्यक्रम जनचेतना मुलक रहेको थियो । समाजमा खुल्ला स्थानमा दिसापिसाब गर्नु हुन हात धोएर खानु पर्छ । बिरामी हुदा स्वास्थचौकि बिरामीलाई लानु पर्छ भने कुरा अभिनय मार्फत देखाएको थियो । सो कार्यक्रममा आदर्श मा बि का विद्यार्थीहरुको पनि बाक्लो उपस्थित रहेको थियो । सो कार्यक्रममा सहजीकरण बिजय भटराईले गरेका थिए ।
तस्बिर: फेसबुकबाट



