चलचित्र ‘चपली हाइट २’को ट्रेलर सार्वजनिक
चलचित्र ‘चपली हाइट २’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र भदौ २ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।
चलचित्रमा आयुष्मान देसराज भण्डारी, मरिष्का पोख्रेल, प्रतिमा आरएल राना लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा आयुष्मान प्ले ब्वाइको भूमिकामा छन् भने मरिष्का साधारण यूवतीको भूमिकामा छिन् । प्रतिमा भने बोल्ड क्यारेक्टरमा देखिएकी छिन ।
दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो चलचित्रमा अर्जुन कुमारको लगानी छ । सार्वजनिक ट्रेलरमा २ यूवती र १ यूवकको प्रेम, धोका र बदलाको कथालाई देख्न सकिनेछ ।
भिडियो हेर्नुहोस्



