पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण सुरु (भिडियोसहित)

काठमाडौं । कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु भएको छ ।

टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी दिए। उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्ने छ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने भइरहेको छ। भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आयसँगै निर्माण कार्यले गति लिने बताइएको छ। निर्माणलाई तीव्ररुपमा अघि बढाउनकै लागि भनी गत वैशाखको पहलो साता पुरानो बसपार्कमा आवतजावत गर्ने सबै यातायातका साधनलाई खुल्लामञ्चमा स्थानान्तरण गरिसकेको छ।

भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तल्लाको बनाउने तयारी छ। नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ।

अबको तीन वर्षभित्र काठमाडौं टावरले आफ्नो डिजाइनअनुरुपको स्वरुप पाउनेछ । त्यसपछि निर्माण कम्पनीले २७ वर्ष सञ्चालन गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ।

टावरको डिजाइन इञ्जिनियर विष्णु पन्थीले गरेका हुन् । १ सय ३१ मिटर उचाइको टावर २९ तला अर्थात १ सय ३१ मिटर अग्लो हुनेछ ।

अत्याधुनिक बस टर्मिनलसहित निर्माण हुने टावरमा होटल, रेष्टुरेन्ट, फिटनेश हल, सेमिनार हल, सिनेमा हल, स्वीमिङ पुल, सपिङ सेन्टरहरु रहनेछन् । यसमा झण्डै ८ हजारभन्दा बढी नेपालीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

टावर निर्माणका लागि ६ देखि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्ष अगाडि नक्सा तयार पार्दा ५ अर्बको अनुमान गरिएको थियो । अहिले बजार भाउ बढेको हुँदा २ अर्ब थपिने अनमान गरिएको हो ।

टावरमा तीन तला पार्किङ हुनेछ । अन्डरग्राउन्ड र बेसमेन्टमा बसहरु पार्किङ गरिनेछ भने माथिल्ला दुईतलामा साना गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरिनेछ । यसले गर्दा अहिले भइरहेको बसपार्क मासिने छैन र अझ अत्याधुनिक हुनेछ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |