साइकल पाउँदा झापाका विद्यार्थीहरु हर्षित

झापा । पशुपति उच्च माध्यमिक विद्यालय राजगढमा पढ्ने इच्छा तीव्र भएर पनि आर्थिक अवस्था कमजोर भएका साइकल नभएकै कारण विद्यालय आउन असहज भएको भन्दै आश्रममले सोही विद्यालयका १३ छात्रा र अमृत निमाविमा अध्ययनरत एक गरी १४ जना विद्यार्थी एकै पटक सूर्योदय अनाथ आश्रम काठमाडौले नयाँ साइकल प्रदान गरेको छ ।

काठमाडौंमा मुख्य कार्यालय रहेको आश्रममले विपन्न समुदायका वालवालिकालाई साइकल प्रदना गरेको थियो । साइकल पाएसंगै घेरावारी –३ कि टुडु जस्तै अमृका राई,राजगढ–९ कि सञ्जु नेपाली, राजगढ–९ निवासी वन्दना राउत ,संगीता टुडु, घेरावारी –३ निवासी एलिसा किस्कू, राजगढ–९ निवासी संगीता टुडु, रीना तामाङ, लक्ष्मी केरुङ, राजगढ –४ निवासी मनिषा खड्का, राजगढ–१ निवासी शान्ति हेमरम,घेरावारी–३ निवासी कल्पना राई, अस्मिता परियार र राजगढ–१ निवासी अञ्जु मगरलाई प्रदान गरिएको थियो । साइकल पाए संगै सबै विद्यार्थीहरु हर्षित मुद्रामा देखिन्थॆ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |