भद्रपुरबाट दुई महिलाको उद्दार, दलाल पक्राउ

झापा | झापाको भद्रपुरबाट भारततर्फ बेच्न लैजाँदै गरेका दुई महिलाको बुधबार उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उद्दार गरिएका महिलाहरुमा नेपालगञ्जको फत्तेपुर गाविस ९ बस्ने ३३ वर्षिया विना ओली र नुवाकोट नर्जामण्डल गाविस ३ बस्ने २१ वर्षिया हिरामाया तामाङ रहेका छन् ।

उनीहरुलाई बुधबार बिहान साना हात नामक संस्थाले प्रहरीको सहयोगमा भद्रपुरको छोटी भन्सार नजिकैबाट उद्दार गरेको हो ।

ओली र तामाङलाई भद्रपुर १५ बस्ने ३६ वर्षिया मलिना कुटवाल (श्रेष्ठ) ले भारतको सिलगुडी घुम्न जाऊँ भन्दै, काठमाडौँबाट झापा ल्याएको अनुसन्धानको व्रmममा खुलेको प्रहरीको भनाइ छ । प्रहरीले विना र हिरामायालाई भारत घुमाउने बहानामा बेच्ने लैजाने दलाल मलिनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |