भेडेटार घुम्न आएका एक भारतीय पर्यटकको मृत्यु हुनुका साथै पाँच जना घाइते

सुनसरी | धरान धनुकटा सडक खण्डको भेडेटार नजिक भएको दुर्घटनामा परी बिहार राज्यको मध्यपुरा जिल्लाका ३८ वर्षीय सुरज सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइते ५ मध्ये दुई जना नेपाली युवती छन् ।

घाइतेहरुमा ३२ वर्षीय चालक विहार मध्यपुराका राजुकुमार सिंह, २२ वर्षीय रोहित कुमार र ३१ वर्षीय प्रभाकर कुमार तथा झापाको गौरादह ठेगाना वताउने प्रीति राई र सुनिता राई रहेका जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीका प्रहरी निरिक्षक मेघराज अधिकारीले जानकारी दिए । घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा उपचार भइरहेको छ । नेपाली दुइ युवतीको बास्तविक परिचय भने खुलेको छैन । उनिहरुले फरक फरक नाम वताएका छन् ।

उनिहरुले प्रहरीलाई भेडेटार वाट लिफ्ट मागेर आएको वताएपनि उनिहरु शुक्रबार नै सगै रहेको प्रत्यक्षदर्शी ले जनाएका छन् । भारतको विहार स्थित फारविसगञ्ज नगरमा एलइडीको डेण्डर फर्म दर्ता गरी शुक्रबार भेडेटार आएको र शनिबार विहान भेडेटारवाट फर्कने क्रममा विआर४३टी ४२२२ नम्बरको स्करपियो गाडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । भेडेटार वाटै तिव्र गतिमा आएको सो स्करपियो सडकको वाया साइड छोडेर दायातर्फ सडकवाट डेढ सय मिटर तल खसेको थियो । गाडि तिव्र गतिमा भएको कारण अन्यन्त्रित भई सडकवाट खसेको प्रत्यक्षदर्शी राजु अधिकारीले जानकारी दिए ।

गाडि सडक भन्दा डेढ सय मिटर तल खसेको कारण उद्धार गर्न १ घण्टा भन्दा लामो समय लागेको थियो । शुक्रबार भेडेटार सगै नमस्ते झरना पुगरे साझ भेडेटारको एक होटलमा ६ जनानै सगै वसेको र गाडी तीब्र गतिमा हुइकिएर अनियन्त्रित भएर खसेको अनुमान प्रहरीले लगाएको छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |