लोकल बसमा, नन स्टप बोर्ड राख्न नपाईने
झापा | पूर्वपश्चिम राजमार्ग अन्तरगत लामो तथा मध्यम दुरीको यात्रुबाहक बसहरुमा यात्री झुक्याउने उदेश्यले लोकल गाडीमा ननस्टपको वोर्ड राखेर चलाएको कारण यात्रीहरुले हैरानी व्यहोर्नु परेको गुनासो आएपछि काकडभिट्टा बसपार्कबाट धरान, विराटनगरकालागी छुट्ने लोकल बसहरुमा ननस्टप लेखेर चलाउन नपाईने सहमती भएको छ ।
यातायात व्यवसायी संघ संगठनहरु उपस्थितीमा ट्राफिक प्रहरीले हिजो शुक्रबार ५० भन्दा बढी त्यस्ता सवारी साधनहरुमा लगाइएको ननस्टपको वोर्ड झिकेका छन्।



