‘जीस्म’को बोल्ड गीतमा अर्चना पनेरु (भिडियोसहित)
निर्देशक राजु गिरी दुवरा चलचित्र ‘जीस्म’को बोल्ड गीत सार्वजानिक भएको छ । अर्को सातादेखि रिलिज हुने यो चलचित्र निर्माण समयदेखि नै विवादमा छ । अर्चना पनेरुलाई चलचित्रमा खेलाएपछि यसले विभिन्न खालको विवादको सामाना गर्नुपरेको थियो । अहिले निर्देशक गिरी र पनेरुविच नै राम्रो सम्बन्ध छैन ।
योगेश काजीको संगीतमा तयार भएको ‘डुबिदेउ’ बोलको गीतमा योगेश काजी र रजनी राईको आवाज रहेको छ । यो चलचित्रमा अर्चनाको साथमा सुरेन्द्र बुढाथोकीको अभिनय छ ।
चलचित्र ‘छेस्को’ पूर्ण रुपमा असफल भएपछि अर्चनाको हल्ला पनि सेलाएको छ । यसले ‘जीस्म’लाई कतीको असर पार्छ, त्यो असार ३१ गते नै थाहा हुनेछ ।
चलचित्र ‘छेस्को’ पूर्ण रुपमा असफल भएपछि अर्चनाको हल्ला पनि सेलाएको छ । यसले ‘जीस्म’लाई कतीको असर पार्छ, त्यो असार ३१ गते नै थाहा हुनेछ । 