ओली सरकारको निरन्तरताको पक्षमा उर्लिए काठमाडौंमा युवा (भिडियो सहित)
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरताको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा हजारौँको संख्यामा उपस्थित युवाले प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय युवाहरु माइतीघरमा भेला भएर केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
उल्लेख्य संख्यामा प्लेकार्ड, र ब्यानरहरुसहित करिब दुई घण्टा प्रदर्शन गरेका युवाहरुले प्रधानमन्त्री केपी ओलीलाई सरकार नछाड्न आग्रह गरे भने सरकार गिराउन भूमिका खेल्नेहरुलाई खबरदारी गरेका थिए । तस्विर : विभिन्न अन्लाईनबाट



