प्रधानमन्त्री ओली सरकारको निरन्तरता माग गर्दै स्वतन्त्र युवा सडकमा
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बिरुद्ध माओवादीले अविश्वासको प्रस्ताव राखेपछि सामाजिक सञ्जालमा ओलीको समर्थनमा अभियान सुरु भएको छ ।
ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा राष्ट्रव्यापीरुपमा युवाहरूले र्याली निकाल्ने भएका छन् । स्वतन्त्र युवा अभियान नाम दिइएको युवा समुहले राष्ट्रियता, स्वाधिनता र विकासको लागि ओली सरकारको निरन्तरता भन्दै शुक्रबार शुक्रवार दिउसो ३ बजे माइतीघर मण्डलाबाट राष्ट्रव्यापीरुपमा र्याली निकाल्ने भएको हो । यसैगरी पोखरामा स्वतन्त्र युवाहरुले प्रधानमन्त्रीको ओलीको समर्थनमा प्लेकार्ड सहितको जुलुस निकाल्ने भएका छन् ।



