गौरीगँज क्याम्पसको खुत्रुके वचत योजनाका खुत्रुकेहरु वेवारिसे
गौरीगँज | यि बाक्साहरु गौरीगँज क्याम्पसको खुत्रुके वचत योजनाका खुत्रुकेहरु हुन । विगत ८ महिना देखि यि टिनका खुत्रुकेहरु गौरीगँजको एक पसल पछाडि वेवारिसे रुपमा फालिएको छ । हिलो र झरिका कारण यि हजारौको लागतमा निर्मित खुत्रुकेहरु खिया लाग्ने क्रममा छन् । यि खुत्रुकेहरु अहिले कहा र कुन अवस्थामा छन भनेर न त क्याम्पसले खोजि गरेको छ न त व्यवस्थापन समितीले नै ।
कयाम्पस प्रसाशन र व्यव्थापन समितीकै कमजोरिका कारण अहिले क्याम्पस सँचालन सहयोगार्थ शुरु गरिएको खुत्रुके वचत योजना अलपत्र परोको छ ।
गत साल असोजमा क्याम्पसले आर्थिक सहयोग सँकलन गर्न यस क्षेत्रका साँसद दीपक कार्कीको प्रमुख आतिथ्यमा निकै तामझामका साथ खुत्रुके वचत कार्यक्रमको उद्घाटन गरेको थियो । उद्घाटनकै दिन दैनिक रु ५ का दरले रकम सँकलन गर्न केहि व्यापारी शिक्षक र वुद्धिजिविहरु लाई ३ दर्जन खुत्रुके वितरण गरिएको थियो । तर ति वितरित खुत्रुकेहरु वाट के कति रकम् सँकलन भयो भनेर अहिले सम्म कसैले खोजि गरेको पाइदैन ।
त्यसो त चासो दिएको भए यो कार्यक्रम क्याम्पसको लागि एकदमै हितकर देखिन्छ । तर किन यो कार्यक्रम अलपत्र पारियो यो प्रश्नको जवाफ कोहिसँग छैन । कार्यक्रम शुरु गरेको केहि दिन गौरिगँजको चोकमा "क्याम्पसले भिख माग्न लागेछ" भनेर कुनै पटमुर्खले क्याम्पसका प्राचार्य सर्वतलाल राजवँशीलाइ जिस्काइ दिएकै कारण योजना अलपत्र परेको हो भन्ने स्रोतको दाबि छ । मदन राजबशी मनप्रीतको फेसबुकबाट साभार



