बाढी पीडितलाई तत्काल रू २५ लाखको सहयोग

रबिन्द्र मिश्रको फेसबुकबाट: बाढी पीडितलाई तत्काल रू २५ लाखको सहयोग गर्ने निर्णय

(कृपया सक्दो श्यर गरिदिन विनम्र अनुरोध गर्दछु)

यही कारणले हो हेल्प नेपाल नेटवर्कले रू १० करोडको परोपकारी अक्षय कोष अभियान शुरू गरेको, जुन हामीले भूकम्प पश्चात् भूकम्प पीडितको उद्दारमा केन्द्रिन हुनु पर्ने भएकोले स्थगित गरेका थियौं।

त्यतिबेलासम्म सो कोषमा लगभग रू ६ करोड जम्मा भैसकेको थियो। विगतका वर्षहरूमा बाढी-पैहिरो जस्ता विपद आएपछि मात्र हामी कोष संकलनका लागि अनुरोध गर्थ्यौं अनि कोष जम्मा भएपछि राहतको काम गर्दथ्यौं।

त्यसो गर्दा सधैं ढिलाई हुने हुनाले हामीले अत्यावश्यकीय स्थितिहरुमा तत्काल सहयोग गर्ने सोचले नै तपाईंहरू कतिपयको सहयोगमा परोपकारी अक्षय कोष स्थापना गर्ने लक्ष लिएका थियौं।

अहिले बाढीले वितण्डा मच्चाइ रहेको छ। स्वभाविकरूपमा सबै ठाउँमा सहयोग गर्न असंभव हुन्छ। यसपटक हामी हजारौं विस्थापित भएको सप्तरीका बाढी पीडितहरूलाई सहयोग गर्दैछौं। हामीले गर्ने सहयोग सधैं स्थानिय प्रशासनको सम्मनवयमा गर्ने गर्दछौं।

४५० वटा राहत प्याकेटहरू त्यसतर्फ जान शुरू भैसकेको छ। र, खाद्यान्न वितरणको व्यवस्था पनि हुँदैछ। राहत प्याकेटमा ४/५ जनाको परिवारलाई पुग्ने लगाउने लुगा, ओछ्याउने-ओड्ने, भाँडाकुँडा र पाल हुन्छ। वितरणको फोटोहरू हामी फेरी प्रेषित गर्नेछौं।

त्यसले तत्कालको आवश्यक्ता पुर्ति गर्छ भन्ने हाम्रो विश्वास हो। ती हरेक राहत प्याकेटमा आर्थिक र नैतिकरूपमा समर्थन गर्ने तपाईंहरू सबैको शुभेच्छा परेको छ। फेरी भनौं, सहयोगी तपाईंहरू हो – हामी त माध्यम मात्र हौं।

तपाईंहरु सबैलाई धर्म लागोस्, जीवनभर सुखले खान पुगोस्, खुशीले दिन पुगोस्!

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |