पानी बढेपछि भारतले खोल्यो, सप्तकोशी ब्यारेजको २३ ढोका

सप्तरी | सप्तकोशी नदीमा पानीको बहाव उतारचढाव हुने क्रम जारी छ । गएरातीसम्म ८० हजार क्युसेक प्रतिसेकेण्डको हाराहारीमा रहेको पानीको बहावमा आज विहानबाट भने उतार चढाव देखिएको छ ।

विहान ८ बजे १ लाख ९३ हजार रहेको कोशीको पानी आज दिउँसो १ लाख ८१ हजार २ सय १५ क्युसेक प्रतिसेकेण्डमा झरेको थियो भने ब्यारेजका २४ वटा ढोका खोलिएका थिए । पछिल्लो मापन अनुसार कोशीमा १ लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेण्ड पानी बगिरहेको छ । २३ वटा ढोका खोलिएको छ ।

पूर्वी पहाडी भेगमा निरन्तर वर्षा हुँदा सप्तकोशी नदीको वहावमा वृद्धि हुने गर्दछ । कोशीमा पानीको वहावमा उतारचढाव जारी रहेपनि कटानको समस्या भने नरहेको सुनसरी प्रशासनले जनाएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |