यौन जन्य गतिबिधीमा सँलग्न रहेको आरोपमा पाँच महिलालाई पक्राउ

Nलामो समयदेखि यौन जन्य गतिबिधीमा सँलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय ईटहरीले पाँच महिलालाई पक्राउ गरि सार्बजनिक गरेको छ । पकउ परेकाहरुबाट १ लाख ३६ हजार ५ सय रुपैया समते प्रहरीले बरामद गरेको खबर, आजको ब्लास्ट दैनिकी प्रकाशित गरेको छ ।

पक्राउ पर्नेमा लाहान नगरपालीका ४ सिरहाकी ३६ वर्षिय पार्वती राजवंशी छिन् । उनि लामो समय देखि यहि धन्दा सँचालन गरेर वसेकी र प्रशासनको कारवाहिमा परिसकेकी व्यक्ति हुन् ।

इटहरी ५ बस्ने उनि सहित अन्य चार यृुवती वुधवार राति भेडेटार जाने क्रममा बाटो बाटै प्रहरीले पक्राउ गरेको थियो । शँकास्पद रहेको हुनाले सोधखोज गर्दा यौन व्यवसायमा सँलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । १७ देखि १९ वर्षका अन्य युवतीहरु पुर्वाञ्चलका विभिन्न स्थानका रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी ओम प्रसाद अधिकारीले अनुसार राजवँशीले योजनावद्ध रुपमा यौन व्यवसाय सँचालन गर्ने गरेको सुचनाको आधारमा पक्राउ गर्दा सो रहस्य खुलेको बताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |