मलाई केपीको पिर होईन्

युरोनीयमको खोजी हुँदै थियो

सुन खानी र नून खानीको कुरा हुदै थियो

पेट्रोल खानीका समाचारले,एउटा

मिठो सपनाहरु देख्दा

ति सपनाहरु टुट्छ भन्ने पिर हो,

मलाई के पि ओलीको पिर हैन ।

पहिलो पल्ट

सिँह दरबारबाट सिँह गर्जिएको आवाजमा,

कसैले बिस्तारबादीहरुलाई "माईन्ड योर बिजनेस"

भनेको सुन्दा यो छाती

सार्वभौम देशको नागरिक हुँ लागेर,

गर्वले चौडा भएको थियो,

यो चौडा भएको छाति सुक्छ कि भन्ने पिर हो,

मलाई के पी ओलीको पिर हैन ।

सारा नेपालीले नाका बन्दि सहेर पनि,

हामी भोकै बस्छौ,

स्वाभिमान बिस्तारबादीलाई नबेच भनेका थिए,

हिम्मत आएको थियो यो कलेजोमा पनि,

तर आज खुलेआम फेरि एकपटक,

बिस्तारबादीहरुले यो नाङो नाच गरेर

सरकार ढाल्दै गर्दा,

संसद भवनमा फेरि

देश लिलाम भयो भन्ने पिर हो,

मलाई के पि ओलिको पिर हैन।

यहाँको अर्थतन्र स्वाह पारेर,

एकलौटी आर्थिक शोशणको आडमा,

परनिर्भरताको एक्लो हुकुमी रवाफ जमाउने,

र हाम्रो हैसियत उसको चौकीदारी भन्दा

माथिको नदेख्ने तिनीहरुलाई,

तिनीहरुकै अघि,

हिमालका यि हिऊँमाथि रेल दगुराएर

विस्वबजारमा

सामान किनबेच गरेर देखाउने धोको

पुराहुने बाटोमा हिड्न लागेको थियो,

त्यो धोको पुरा नहुने भो भन्ने पिर हो,

मलाई के पि ओलीको पिर हैन ।

तुईनमा झुन्डिरहेका जिन्दगीहरु,

झोलुङ्गे पुलमा हिड्दै गर्दा,

उनिहरुसँगै हिडेर सेल्फि खिच्ने रहर थियो,

फास्ट-ट्रयाकमा मिले एउटा

साधारण शेयर किन्ने रहर थियो,

रहरहरुमा जहर पोखिन्छ भन्ने पिर हो,

मलाई के पि ओलीको पिर हैन ।

यो देशलाई

भारतको नवऔपनिवेशीकरण गर्न

लाम लागेर राजनिती दलाली गर्ने ब्वाँसाहरुको बिचमा,

बुढै सहि तर एउटा बाघ भेटिएको थियो

त्यसको बिरुद्द उभिने,

ब्वाँसाहरुको यति ठुलो हुलसँग

बुढो बाघ एक्लै

कतिन्जेल लडिरहन सक्छ भन्ने पिर हो।

यो कर्मभुमीको आँगनमा,

कर्मको उदाहरण प्रस्तुत गर्न खोज्नेहरु,

हारिरहने भए भन्ने पिर हो

मलाई के पी ओलीको पिर होईन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |