नम्रता सापकोटा, गजित बिष्टलाई खुबी छ तिमीमा भन्दै
N'खुबी छ तिमीमा' बोलको गीतमा गायिका देविका बन्दना र गायक आनन्द कार्कीको आवाज रहेको छ l यस गीतमा योगेन्द्र मणि दाहालको शब्द कोरेका छन भने संगीत हरी लम्सालको रहेको छ । गीतको संगीत संयोजन राजन इशानको रहेको छ ।
गम्भीर बिष्टको कोरियोग्राफ रहेको यस म्युजिक भिडियोमा गजित बिष्ट र नम्रता सापकोटाले कामुक अभिनय गरेका छन् । हरी हुमागाईको छायांकन गरेका छन् र प्रकाश तुलाधरको सम्पादनमा तयार भएको उक्त म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन ।



