नेपाली लघु चलचित्र ‘रत्नपार्क’
गौरीगन्ज | मिरा सापकोटाको निर्माण तथा तरेली संगीत कुञ्जको व्यानरमा बनेको नेपाली लघु चलचित्र ‘रत्नपार्क’ सामाजिक कथाबस्तुमा आधारित लघु चलचित्र हो ।
यस चलचित्रमा रत्नपार्कमा युवतीहरु देह ब्यापार शौखले हैन, ऊनीहरुको बाध्यता र परिवन्दले देहब्यापारको भुमरीमा फसेको हो भन्ने संदेश दिन खोजिएको छ । यस चलचित्रमा विजय केसी, खुशी क्षेत्री, आशादा न्यौपाने, एसजी अधिकारी र अनिस आचार्यले अभिनय गरेका छन् भने यस छोटो चलचित्रलाई रेश्मा सापकोटाले निर्देशन गरेका छन ।



