विदेशी विद्यार्थीहरुका लागि जापानमा, स्थायी वसाेवास तथा रोजगारीको ग्यारेन्टी गरिने

विद्यार्थीहरुका लागि ग्रिन कार्ड लागू गरिने, पाँच वर्ष काम नगरी स्थायी बसाेवासको आवेदन दिन नपाईने नियमलाई संशाेधन गरि छोटो पारिने,

जापानका प्रधानमन्त्री सिन्जो आवेले जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुका लागि स्थायि वसाेवास तथा रोजगारीको विषयमा नयाँ नीति अवलम्वन गरिने जनाएका छन् ।

जापानको कोउगाकु सिन्वुनमा प्रकाशित समाचारका अनुसार प्रधानमन्त्री अवेले आगामी आर्थिक वर्ष देखि लागू हुने गरि नयाँ नियम कार्यान्वय गर्ने जनाएका छन् । नयाँ नियममा विद्यार्थीहरुका लागि ग्रिन कार्ड लागू गरिने भएकाे छ । यस्तै हालको पाँच वर्ष काम नगरी स्थायी बसाेवासको आवेदन दिन नपाईने नियमलाई संशाेधन गरि छोटो पारिने भएको छ ।

यस्तै रोजगारीका सवालमा जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुका लागि ५० प्रतिशतसम्म बढाउन विशेष योजना ल्याईने भएको छ ।प्रधानमन्त्री आवेले जापानलाई अध्ययन गन्तव्य बनाएर आएका विदेशी विद्यार्थीहरुलाई राेजगारी दिए जापानकाे विकासमा समेत टेवा पुग्ने विश्वास लिएको पत्रिकाले जनाएको छ । -नेपालजापान

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |