दुर्गेश थापाको कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा सार्वजनिक ( भिडियोसहित)
गौरीगन्ज । गायक दुर्गेश थापाको आफ्नै स्वर, संगीत र शब्दमा श्रोताहरुले प्रतीक्षा गरेको म्युजिक भिडियो ‘कि दुर्गेश रेलमा,कि दुर्गेश जेलमा’ बोलको गीत सार्वजानिक भएको छ भने र्याप बादल थापाले दिएका छन ।
हिन्दी शब्दहरु समेत समावेश गरिएको गीतको भिडियोलाई क्रान्ति के सी ले निर्देशन गरेका हुन । महङ्गो बजेटमा निर्माण गरिएको भनिएको भिडियोमा दुर्गेश थापासंगै नायिका रिमा विश्वकर्मा र प्रेम चन्द ठकुरीको अभिनय हेर्न सकिन्छ ।



