अमेरिकामा खिचिएको ‘सफर’को ट्रेलर सार्वजनिक
अमेरिकामा खिचिएको नेपाली चलचित्र ‘सफर’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा ३ यूवाको यात्राको कथा समेटिएको छ ।
अमेरिकाको बसाई ७ दिनमात्र बाँकी रहँदा ३ यूवाले सुन्दर शहरमा गरेको यात्रा नै चलचित्रको मुख्य कथा हो । युवा फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा मनन सापकोटो, संजय गुप्ता, शिविर पोख्रेल, नुरजा श्रेष्ठले अभिनय गरेका छन् ।
आशिष श्रेष्ठले चलचित्रमा सम्पादन र निर्देशन सम्हालेका छन् । यो चलचित्र नेपालमा असोज १४ गतेबाट रिलिज हुँदैछ ।



