दमकमा बस दुर्घटनामा १२ जना घाईते

दमक | दमक स्थित चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान ७ः३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँएको हो ।

काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएकोे र अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |