गायीका अबुन पाण्डे गाउँदा गाउँदै किन भावुक बनिन त ? (भिडियो हेर्नुहोस)
गा यिका अबुन पाण्डेको सुमधुर आवाजमा "केवल तिम्रो यादमा" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहाल र गायिकाको पाण्डेको आवाजमा रहेको गीतमा अमेरिकामा बस्दै आएका गीतकार रमेश दहालका शब्द रहेको छ ।
यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीको निर्देशन रहेको छ । भिडियोमा गायीका अबुन पाण्डले निकै भावुक मुद्रमा आफ्नो प्रस्तुति दिएकी छिन् । उनले गीत गाउने क्रममा आफ्नो स्वर्गबासी बुबालाई सम्झन पुगेको र आँशु थाम्न नसकेको बताईन् । 'गीत रेकर्ड गर्दा र म्युजिक भिडियो सुटिंग गर्दा दुवै क्षण म वास्तबमै रोएँ' उनले भनिन् । गीतको भाव अनुसार कुनैपनि सम्बन्धमा आउने वियोगान्त मोडलाई प्रस्तुत गर्न खोजिएको छ ।



