दुर्लभ निलगाईको बाछो भेटियो
गौरीगन्ज | झापाको खजुरगाछी–५ को आठमौजा चिया बगानमा जङ्गली नीलगाईको बाछो सोमबार समातिएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गौरीगन्ज र स्थानीयवासीको सहयोगमा बाछो समातिएको हो ।
इलाका वन कार्यालय बेलडाँगीलाई जानकारी गराएपछि वनको टोलीले नीलगाईको बाछा भनी प्रमाणित गरेको थियो । सो नीलगाईको बाछोलाई जामुनखाडी सिमसारतर्फ लगिएको इलाका वन कार्यालयका सहायक वन अधिकृत पर्शुराम ठाकुरले बताए । स्रोत: कोशीखबर



