चलचित्र ‘सेफ ल्याण्डिङ’ हलमा नचलाई युटुबबाट रिलिज
गौरीगन्ज | निर्माता बसन्त भण्डारीको चलचित्र ‘सेफ ल्याण्डिङ’ हलमा नचलाई युटुबबाट रिलिज गरीएको छ ।
यस चलचित्रमा निरज बराल र झरना बज्रचार्यको अभिनय रहेको छ । सन्दिप जोसेफको निर्देशनमा लागू पदार्थ दूव्र्यसनीको कथामा बनेको यो चलचित्रलाई केही दिन अगाडि मात्र युटुबबाट रिलिज गरियो ।
सायद, नेपाली हलमा चलचित्र रिलिज गर्दा झनै घाटा हुने देखेर हुनसक्छ, बसन्तले युटुबबाटै रिलिज गर्न सहज संझिए । चलचित्रका निर्माता राहुल अग्रवालसँग बिहे गरेर नायिका झरना बज्रचार्य सन्तानको आमा पनि बनिसकेकी छिन् ।



