झापा र मोरङमा बसले ठक्कर दिंदा मृत्यु

गौरीगन्ज । झापा र मोरङ जिल्लामा आज बिहान बसको ठक्करबाट एक नाबालिकासहित दुई जनाको ज्यान गएको छ।

झापाको तोपगाछी ५ मा ना. ५ ख १५१६ नम्बरको बसले ठक्कर दिंदा ईलाम चुलाचुली ३ बस्ने वर्ष १९ कि त्रिसला कुमालको काखमा रहेको आठ महिनाकी नाबालिकाको उपचारकाक्रममा मृत्यु भएको छ।

कुमाललाई आज बिहान ०९३० बजे तोपगाछी–५ स्थित चुलाचुली मोडमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको रात्री बसले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते आमा छोरीलाई उपचारकालागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा छोरी उक्सना कुमालको सोही अस्पतालमा मृत्यु भएको हो। आमा त्रिसलालाई थप उपचारकालागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ भने बस र चालक इलाका प्रहरी कार्यालय दकमको नियन्त्रणमा रहेको छ।

त्यसैगरी मोरङको डाँगीबारी ८ - बिहिबारे झापामा आज बिहान स्कूल बसले किच्दा एघार बर्षिया बालिका को ज्यान गएको छ । चारपाने ४ ,बेलडाँगी स्थित देवकुल अंग्रेजी बोर्डिड्ग स्कुलको मे १ ख ९७२ नम्बरको बसले डाँगीबारी ८ ,बिहिबारेका अर्जुन राईकि एघार बर्षिया छोरी अनिशा राईलाई ठक्कर दिएको हो । बसको ठक्कर बाट साईकल चलाईरहेकी अनिशाको घटनास्थल मै ज्यान गएको थियो । बिहान डाँगीबारी का बिधार्थीहरुलाई लिन गएको बसले ९ बजे बिपरित दिशा बाट आउदै गरेकि बालिका लाई ठक्कर दिएको थियो ।

ठक्कर बाट साईकलको पछाडि बसेका बालक गम्भीर घाईते भएका छन । नाम खुल्न नसकेका घाईते बालकको बिर्तामोड अस्पताल मा उपचार भईरहेको मृतक बालिका का छिमेकी मधु न्यौपाने ले बताएका छन। "घटनापछि ईलाका प्रहरी कार्यालय बिर्तामोडले बस चालक र बस धनि लाई नियंत्रण मा लिएको र घटनाको अनुसंधान भईरहेको जनाएको छ । घटनापछि केहिबेर अबरुद्ध बनेको यातायात अहिले सुचारु भएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |