पानीपुरी विक्री गर्ने युवती, फेसबुकमा भोट माग्दै

झापा | बैशाखमा झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्स अगाडि पानीपुरी विक्री गरेर सडकमा देखिएकी युवती रक्षा कार्की परोपकारी कामको कारण केही समय राम्रैसँग मिडियामा छाएकी थिईन् ।

रक्षा लगायतका युवतीको समूहले अनाथ र असाहयलाई सहयोग गर्न सडकमा पानी पुरी विक्री गरेर पैसा जुटाएको कुराले निकै चर्चा पाएको थियो । आफ्नो खाजा खर्च काटेर परोपकारी काममा खर्चिने सहयोगी मनकी धनि रक्षा अहिले समाज सेवालाई मोडलिङ क्षेत्रसँग जोडेर अगाडि वढाउने उधेस्य सहित मिस मेची नामको सौन्दर्य प्रतियोगितामा सहभागी छिन ।

शनिअर्जुन नगरपालिका ७, स्थाई वासीन्दा रक्षा १२ कक्षाको परीक्षा दिएर स्नातक तह अध्ययनको तयारीमा रहेकी विज्ञान विषयकी विध्यार्थी हुन् । १८ वर्षिय युवती रक्षा परीवारकी एक्ली छोरी उनि समाजसेवा र परोपकारकै क्षेत्रमा केही न केही गर्ने आफ्नो उदेश्य भएको सुनाउँछिन् । उनि भन्छिन् ‘ मृत्युपछि कसैले केहि लिएर जाँदैन , दुख र पिडामा रहेकालाई सहयोग गर्नु नै धर्म हो ‘ मठ मन्दिर धाउँदैमा धर्म नकमाउने तर्क गर्दै उनि थप्छिन् ‘ साँचो अर्थमा धर्म त्यतिवेला कमाईन्छ जति वेला हामी सफा मनले दुख ,पिडा र विपतमा रहेकालाई सहयोग गर्छौ ‘ परोपकार र सहयोगका समाचार संचारमाध्यमवाट देख्दा र सुन्दा आफु प्रभावित भएको उनले सुनाईन् ।

उमन रुम रिलोडेड नामको फेसवुक ग्रुपमा जोडीए सँगै ग्रुपलाई परोपकारी काममा प्रयोग गर्न भुमिका खेल्नेहरु मध्येकी एक प्रमुख पात्र रक्षाले पहिलो चोटी खाजा खर्च काटेर गत वैसाख २ गते शनिश्चरेमा रहेको वाल आश्रमका बालबालिकालाई सहयोग गरेको जनाईन् । उनले ८/ ९ जना मिलेर खाजा खर्च काटेर जुटाएको पैसाले सहयोग गरेपछि त्यतिवेला बालबालिकाहरुको अनुहारमा देखिएको खुसीले थप सहयोग गर्न र परोपकारी काम गर्न ईच्छा जन्मिएको उल्लेख गरीन् ।

वैसाख महिना मै सडकमा पानी पुरी विक्री गरेर जुटाएको पैसाले झापा कै एक किलोमिटर भन्ने स्थानमा रहेको वृद्दा आश्रममा रहेका वृद्द वृद्दालाई सहयोग गरेको उनले सुनाईन् । नाति नातिना उमेरका युवतीहरुले दिनभर आश्रममा वसेर पकाउने खुवाउने गर्दाको वातावरण र त्यो वेलाको आत्मसन्तुष्टी र खुसी आफुले कहिल्यै भुल्न नसक्ने उनले वताएकी छन् । त्यो क्षण सम्झदै उनि थप्छिन् ‘ वृद्द वृद्दाले त्यस बेला देखाएको माया र उहाँहरुको अनुहारमा देखिएको खुसीले हाम्रा आखाँ रसाएका थिए ।’

अहिले आफु विध्यार्थी रहेको र मध्यमवर्गिय परिवारकी छोरी भएकाले कतिपय अवस्थामा मन हुदा पनि सहयोग गर्न नसकेको दुखेसो पोख्दै उनी भन्छिन ‘ अहिले त खाजा खर्च र पकेटखर्च काटेर सहयोग गर्ने हो, कुनै दिन कमाउन थाले भने आफ्नो कमाईको निश्चित प्रतिशत रकम सहयोग गर्ने काममा खर्च गर्ने छु ।’ आफु राम्रो सँग नृत्य गर्न जान्ने र अभिनय गर्न सक्ने भएकाले मोडलिङ हुदै सिने नगरीमा प्रवेश गर्ने उदेश्य सहित यस क्षेत्रमा होमिएको उनले वताएकी छन् । अध्यन नै छाडेर भने केही पनि नगर्ने सुनाउँदै, उनले अहिले परीक्षा पछिको खाली समय सदुपयोग गरेको वताईन् । नृत्यका अलावा व्याडमिन्टन र भलिवल खेल्न सिपालु रक्षा बिद्यालय र कलेज स्तरीय धेरैवटा प्रतियोगिताहरुमा सहभागी समेत वनिसकेकी छन् ।

मोडलिङ क्षेत्रलाई नकारात्मक रुपमा हेरिने गरेको सुनाउँदै मान्छेले आफ्नो सोचलाई वदल्नुपर्ने सुनाईन, उनले भनिन ‘कुनै क्षेत्र त्यस्तो छैन, जसको आलोचना नभएको होस' आफुले मिस मेचीको प्लेटफर्मलाई सदुपयोग गर्दै सिक्ने र आफुमा भएको क्षमता देखाउने काममा प्रयोग गर्ने हार र जितको आखाले भने नहेर्ने सुनाईन् । विध्यालय र कलेज अध्यनरत युवा-युवती सामाजिक संजालको कारण अध्यन नै त्यागेर गलत वाटो तर्फ मोडिने गरेको वताउँदै, उनले सही वाटोमा लाग्न र हिड्न सुझाव पनि दिएकी छन् । उनले भनिन ‘च्याट गर्ने ग्रुपलाई हामीले परोपकारका काम र सेवामा प्रयोग गरीरहेका छौ , तपाईहरु पनि सिक्नुस अथवा आउनुस् सँगै मिलेर अघि वढौ ।’

मिस मेची प्रतियोगिताका लागी अहिले पव्लिक च्वाईसका लागि फेसवुक भोटीङ चलिरहेकाले मिस मेचिको पेजमा रहेको आफ्नो तस्विरलाई लाईक गरेर भोट गरी दिन आग्रह पनि गरेकी छन् । आफु विजेता भएको अवस्थामा अथवा आफुले पुरस्कार पाएको अवस्थामा पुरस्कार रकमको आधा परोपकारको काममा खर्चिने उनले वताएकी छन् ।रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |