मिस मेची प्रतियोगिताको तयारी, अन्तिम चरणमा

झापा मेची अञ्चलमा पहिलो पटक हुन गईरहेको मिस मेची प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वल्ड ईन्टरटेन्मेन्टले जनाएको छ ।

अडिसनबाट छानिएका ३१ युवतीलाई अहिले क्षमता र नेतृत्व विकासका लागि विज्ञहरुबाट प्रशिक्षण दिने काम भईरहेको आयोजक संस्था की अध्यक्ष निशा खड्काले जानकारी दिएकी छन् । युवतीहरुलाई दुई समुहमा विभाजन गरेर बिहान र बेलुकाको समयमा प्रशिक्षण दिने काम भईरहेको बाताईन ।

आगामी २५ गते हुने अन्तिम प्रतिश्पर्धाबाट मिस मेची सहित विभिन्न उपाधिले उत्कृष्ट छनौट गरिनेछ । प्रणित पुडासैनी कोरियोग्राफर रहेको प्रशिक्षणका क्रममा हालसम्म तिलक योञ्जन, सुमन कटुवाल, दिपेन्द्र राउत, दिपक दास, सेखर पाण्डे , विकास बास्तोला र मिस नर्थ बगाल बेनिशा शर्मा लगायतले प्रशिक्षण दिईसकेको छन् ।

एक महिना देखि बन्द प्रशिक्षणमा रहेका युवतीलाई प्रशिक्षणका अलावा ट्राफिक सचेतना , कृषि सम्वन्धित धान रोपाई, असक्त र वेसाहारालाई सहयोग लगायतका क्रियकलापमा समेत सहभागि गराईएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |