मलेसियामा "हाउडेमाया", युनिक धमाका - २ को साथमा
मलेसियामा रहेका नेपालीहरुलाई मनोरञ्जन दिनको लागि आयोजना गरिएको युनिक सास्कृतिक धमाका २ मा भाग लिन स्थानीय समयानुसार बिहान ६ बजे कलाकारहरु लोक पप गायिका सृजना खत्री "हाउडेमाया", लोक दोहरी गायक रोशन सिङ, डान्सर बिनु खडका, गायक बिक्रम जंग शाह र लोक दोहरी गायिका मन्जरी गुरुङ मलेसिया पुगेका छ्न ।
क्वालालम्पुर एयर्पोर्टमा कलाकारहरुलाई आयोजक भिमसेन केसि र नवीन खडकाले स्वागत गर्नु भयको थियो । युनिक सास्कृतिक धमाका २, जुलाइ ६ तारिक रिभर भ्यु होटेलमा, जुलाइ ७ तारिक हाइश रेस्टुरेन्ट ग्रीसिकमा र जुलाइ १० तारिक सप्तरंगी रेस्टुरेन्ट मुहारमा आयोजना हुने छ ।



