प्रअ मदन कुमार मिश्रको मृत्यु हत्या कि आत्महत्या ?
मदन राजवँशी मनप्रित | १५ साउन/ गौरादह न पा १२ ग्बालडुव्वा स्थित प्रगती उच्च मावि का प्रअ मदन कुमार मिश्र आज बिहान मृत फेला परेका छन् । उनि आफ्नै कामदारको घर नजिकै बकैनाको रुखमा पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रत्यक्ष दर्शीका अनुसार गए राति उनि काम विशेषले कामदारको घर गएका थिए । अवेर रात सम्म पनि नफर्किएपछि उनकि श्रीमति राती ११ वजे उनलाइ लिन गएकी थिइन तर उनि घर आउन मानेनन् ।
"यो हत्या हो या आत्महत्या ? त्यसै भन्न सकिन्न ।" इप्रका गौरिगँजका इन्सपेक्टर कमल खत्रीका अनुसार लासको प्रकृती हेरेर केहि भन्न सकिने अवस्था छैन । पोस्टमार्टमको रिपोर्ट नआए सम्म घटनाको कारण भन्नन सकिन्न ।
उहाँ को पार्थिब शरीरलाई किस्नेघाटमा सदगद गरिएको छ ।



