बलात्कारपछि घाँटी रेटी बालिकाको हत्या गर्ने राजवंशी भारतबाट पक्राउ

झापा । बलात्कारपछि घाँटी रेटी बालिकाको हत्या गरेर फरार रहेका राजकुमार राजवंशीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित नन्दिपुरबाट पक्राउ गरेको छ ।

भारतीय प्रहरीको सहयोगमा एक विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

झापाको बुधबारेस्थित मामाघरमा आएकी ११ वर्षीया बालिका तनुजा कोइरालाको दुई साता अघि हत्या भएको थियो ।

बुधबारे-५ का डिल्लीराम प्रसाईंको घरमा श्रमिकका रुपमा बसेका राजवंशीले तनुजाको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका अनुसार राजवंशीलाई चाँडै सार्वजनिक गरिने छ ।रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |