अब तिजको गीत पनि "चाइनिज लुगा" भिडियोसहित
तीजका गीत पनी चाइनाको ब्यापारको सिकार भएका छन। चाइनाले लामा लामा कपडा नपठाएकै कारण तीजका गीतका भिडियोमा नायीकाले शरीर ढाक्ने कपडा समेत नपाएको र नायकहरुले फाटेको पाइन्ट लगाउन वाध्य भएको कुरा खुलासा गर्दै लामा कपडा पठाउन आग्रह गरीएको छ।
अब इज्जत बाचाउनु छ भने चाइना बाट लामा लामा कपडाको आयत गर्नै पर्ने कुरा गायक दामोदर भण्डारी,ढाकाराम पौडेल र उमादेवी खनालले आफ्नो तीजको गीत चाइनिज लुगा मार्फत ब्यक्त गरेका छन। उमादेवी खनालको शब्दमा गणेश बि.क को लय रहेको उक्त गीत भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो। बिमल अधिकारि र रिता भट्टराईको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन् गरेका हुन।



